अन्नपूर्ण बेस क्याम्पको पिसफूल लजमा आगलागी : करिब १ करोडको क्षति
कास्की।कास्कीको अन्नपूर्ण आधार शिविरस्थित पिसफूल लज र रेस्टुरेन्टमा आगलागी हुँदा करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
एबिसी बेस क्याम्पमा रहेको पिसफूल लज र रेस्टुरेन्टमा मंगलबार दिउँसो करिब ४ बजे ग्यास लिक भएर आगलागी भएको पर्यटन व्यवसायी मिकास गुरुङले जानकारी दिनुभयो।
“एबिसी बेस क्याम्पको पिसफूल लजमा मंगलबार दिउँसो करिब ४ बजे ग्यास लिक भएर आगलागी भएको हो। आगलागीले लज पूर्ण रूपमा क्षति पुर्याएको छ,” व्यवसायी गुरुङले भन्नुभयो। “आगलागी हुँदा लजको स्टोर, कोठा, किचन हलसँगै पर्यटकका मोबाइल र क्यामेरा पनि जलेका छन्।”
आगलागीमा मानवीय क्षति भने भएको छैन। एबिसी बेस क्याम्पमा हाल ६ वटा होटल सञ्चालनमा छन्।
पिसफूल लज सुवास गुरुङ, ज्ञानबहादुर गुरुङ, सुकबहादुर गुरुङ र कर्णबहादुर गुरुङले संयुक्त लगानीमा सञ्चालन गर्दै आएका थिए।








प्रतिक्रिया राख्नुहोस्