तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट दुई, बाँकेका दुई, रुकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button