तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा एक हजार छ सयले घट्यो

काठमाडौँ I स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो ।  चाँदी भने तोलामा रु ८० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको छ । 

सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button