दाङमा भालुको आक्रमणबाट मोटरसाइकल चालक घाइते
दाङ । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते हुनुभएकाे छ।
घाइते व्यक्ति राप्ती गाउँपालिका–५, करङ्गेकोटका २५/२६ वर्षीय महेन्द्र गाहामगर हुनुहुन्छ । स्थानीयहरूका अनुसार, गएराती करिब ८ बजे उहाँ देवीकोटबाट करङ्गेकोटतर्फ मोटरसाइकलमा जाँदै गर्दा चोरपोखरी गढी थुम्का क्षेत्रमा भालुले आक्रमण गरेको थियो।
स्थानीय चित्रबहादुर थापाको नेतृत्वमा उहाँलाई तत्काल उद्धार गरी राप्ती आधारभूत अस्पताल, कालापानी पुर्याइएको थियो। घाइतेको देव्रे खुट्टामा गहिरो चोट लागेको छ। अहिले उहाँको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्