झापामा पनि बर्डफ्लु देखा पर्यो
झापा । छिमेकी जिल्ला मोरङमा देखा परेको बर्डफ्लु झापामा पनि देखा परेको छ । जिल्लाको दमक नगरपालिका र झापा गाउँपालिकामा बर्डफ्लु देखा परेको हो ।
पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले दमक–१० र झापा–७ मा बर्डफ्लु देखा परेको जानकारी दिएकी छन् । दमक १० को दमक एग्रिकल्चर फार्म र झापा गाउँपालिका ७ को सुदीक्षा कृषि फार्मका कुखुरामा बर्डफ्लु देखा परेको हो ।
उहाँका अनुसार सोही विषयमा जाँचबुझ गर्न कोशी प्रदेश सरकारको रेपिड रेस्पोन्स टिम झापा आएको छ । सो टिमले अध्ययन गरिसकेपछि विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो ।
भट्टराइले दमकको कुखुरा परीक्षण गर्दा हाइली प्याथोजेनिक र झापामा लो प्याथोजेनिक देखा परेको बताइन् । झापा ७ का दुर्गाप्रसाद भट्टराईले पालेको कुखुरामा देखिएको लो प्याथोजेनिक बर्डफ्लु उपचारबाट निको हुनसक्ने तर दमकका कुखुरा नष्ट गर्नुपर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्