आइतबार सुन तोलामा १२ हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । आज एकै दिन सुन तोलामा रु. सात हजार १२ हजार ५०० र चाँदी रु. ३५५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मोल प्रतितोला रु. दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु. चार हजार ५४० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन रु. दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु. चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन रु. तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी रु. पाँच हजार १० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्