कांग्रेस केन्द्रिय समिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बसिरहेको छ ।
यसअघि शुक्रबार सुरु भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सदस्यहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ ।
पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राखिरहनुभएको छ । अधिकांश केन्द्रिय सदस्य सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा छन् ।








प्रतिक्रिया राख्नुहोस्