तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा १८ डि सिनेमा सञ्चालन

पोखरा । पर्यटनको राजधानी पोखरामा १८ डि सिनेमा सञ्चालनमा आएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डि सिनेमा पोखराको डिज्नील्याण्ड लेक साइडमा सञ्चालनमा ल्याएको हो ।

महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्दै सिनेमाको बिजनेसको हिसाबले पनि पोखरामा धेरै सम्भावना रहेको बताउनुभयो । सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउँदै उहाँले भन्नुभयो ‘‘पोखरा आफैँमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरू सुटिङ हुने गर्छन् । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो ।’’

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौँमा सफलतापूर्वक सञ्चालन पछि दर्शकको अत्यधिक माया र सकारात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको बताउनुभयो । 

फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button