दाउन्ने खण्डमा तीन रात मालवाहक सवारीलाई रोक
बर्दघाट । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ दिन अर्थात् तीन रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।

आयोजनाको पश्चिम खण्ड कार्यालयले शुक्रबार सूचना जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो ।
आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ ।
आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् । आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।सडक चिप्लो हुँदा मालवाहक सवारी बाटोमै चिप्लिने र सोही कारण अन्य साना यात्रुवाहक सवारीलाई समेत आवागमनमा असहज भएपछि तीन दिनका लागि रोक लगाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्