झापामा ८ महिनामा थपिए ७१७ घरेलु तथा साना उद्योग
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको पहिलो ८ महिनामा झापामा ७१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार ८ महिनामा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् ।

सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् । सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ १२५ र वाणिज्यतर्फ ८८ गरी २१३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँ सारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन् ।
कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेको तिम्सिनाले बताउनुभयो ।
कार्यालयले चालु आवको आठ महिनामा विभिन्न शीर्षकमा रु. एक करोड ३५ लाख ५९ हजार आठ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्