तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिपूर्ण चुनाव सम्पन्न गराएकोमा सुरक्षा निकायलाई प्रधानमन्त्रीद्वारा धन्यवाद

 जनकपुरधाम I प्रधानमन्त्री सुशीला कार्कीले मधेश प्रदेश र धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने प्रदेश सरकार तथा सम्पूर्ण सुरक्षा निकायहरूलाई धन्यवाद दिनुभएको छ।

जनकपुर विमानस्थलमा आज आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका उच्च सुरक्षा अधिकारीहरू र धनुषाका सुरक्षा प्रमुखहरूलाई निर्वाचन सफल पारेकोमा आभार व्यक्त गर्नुभयो।

विभिन्न आशङ्का र उपशङ्काका बीच ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार र सुरक्षा निकायले पुर्‍याएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो।

उक्त सुरक्षा बैठकमा मधेश प्रदेश सरकारका निमित्त मुख्य सचिव कमलप्रसाद भट्टराई, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल लगायत विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button