तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल घोडेजात्राका अवसरमा आयोजित समारोहमा सहभागी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभएको छ । 

सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । 

सो अवसरमा घोडा दौड, घोडा जम्प लगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

चैत्र कृष्ण औँसी तिथिका अवसरमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button