एन्फा सहिद स्मारक महिला लिग बुधबार सुरु हुँदै
काठमाडौँ । एन्फा सहिद स्मारक महिला लिग बुधबार देखि सुरु हुँदैछ । यो पटक ९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
मङ्गलवार एन्फा कम्प्लेक्समा आयोजना गरिएको प्रि म्याच कन्फ्रेन्समा उपस्थित सबै टोलीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने बताए ।
एन्फा आफैले बोलाएर अन्तिम समयमा राप्ती फुटबल क्लबलाई लिगमा सहभागी गराउन नसकिने बताएपछि लिग ९ टोलीले मात्र खेल्न लागेका हुन् । महिला लिगका सबै खेल च्यासल मैदानमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्