यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्रा.डा.आचार्यलाई प्रदान गरिने
काठमाडौँ । यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति प्रा.डा.जयराज आचार्यलाई प्रदान गरिने भएको छ।
दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति केन्द्र कार्यसमिति बैठकले पचास हजार रुपियाँ राशिको पुरस्कार आगामी चैत्र ११ गते कूटनीतिज्ञ प्रा.डा.आचार्यलाई प्रदान गर्ने निर्णय गरेको स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याय र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल रहनुभएको प्रतिभा चयन उपसमितिको सिफारिसका आधारमा प्रा.डा. आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको स्मृतिकेन्द्रका महासचिव खनालले जानकारी दिनुभयो ।
वि.सं.२०६२ सालमा स्थापित स्मृति केन्द्रले हालसम्म राष्ट्रिय महत्त्वका विभिन्न विषयमा योगदान दिनुहुने १८ जनाभन्दा बढी विद्वत् प्रतिभालाई सम्मानसहित पुरस्कार प्रदान गरिसकेको छ।








प्रतिक्रिया राख्नुहोस्