तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा वन डढेलो न्युनिकरण सप्ताह सुरु

जुम्ला । जुम्लामा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । अनियन्त्रित मानवीय गतिविधिका कारण बढ्दो वन जङ्गल विनाशलाई रोक्न साता व्यापी कार्यक्रम तय गरेर वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो ।

डिभिजन वन कार्यालय जुम्लाले वन डढेलो न्युनिकरण सप्ताहका कार्यक्रम तालिका सहित आइतबारदेखि सप्ताह सुरु भएको जानकारी दिए ।  वन डढेलोका कारण पछिल्ला वर्षमा ठुलो जनधनको क्षति भइरहेकाले त्यसलाई रोक्न सबैको साझा पहल जरुरी रहेको उल्लेख गरे । 

जुम्लामा हाल सम्म वन डढेलोबाट ९१ करोड ७९ लाख बढीको  जनधनको क्षति भएको समेत बताए ।  चालु आवमा जुम्लाका ६ स्थानमा डढेलो लाग्दा झण्डै १ सय हेक्टर वनजंगलमा क्षति भएको छ । गत आव २०८१/०८२ मा २९ स्थानमा डढेलो लाग्दा अनुमानित ३३०.२८ हेक्टर क्षेत्रफल वन क्षेत्रमा क्षति पुगेको तथ्याङ्क छ ।

प्राकृतिक तथा अनियन्त्रित मानवीय गतिविधिका कारण बढ्दो वन डढेलो रोक्न साता व्यापी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्ययोजना तयार रहेको वन डिभिजनका प्रमुख बुढ्थापाले जानकारी दिनुभयो । 

“वन डढेलो नियन्त्रणमा प्रभावकारिता,तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मुल नारा सहित सुरु भएको वन डढेलो सप्ताहका लागि डिभिजन वन कार्यालयले सात दिनको कार्ययोजना तयार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button