तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय तिर्थयात्रु बोकेको इलेक्ट्रोनिक भ्यान दुर्घटना : सात जनाको मृत्यु

गोरखा । भारतीय तिर्थयात्रु बोकेको वाग्मती प्रदेशको ००६ ख ८४३० नम्बरको इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मनकामना दर्शन गरेर फर्किएको गाडी शहिदलखन गाउँपालिका वडा नम्बर ३ स्थित कान्टारमा दुर्घटना भएको स्थानीय जनप्रतिनिधि ऋषि कट्टेलले जानकारी दिनुभयो । 

के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । घाइतेहरूको आँवुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको छ । मृतकहरूको सनाखत हुन सकेको छैन । अहिले घटनास्थलमा स्थानीय र प्रहरीको टोली उद्धारमा खटिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

भ्यानमा चालकसहित १४ जना सवार रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो  । भ्यान सडकबाट २०० मिटर तल खसेकाे थियाे । घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button