तपाईँ सुन्दै हुनुहुन्छः

इनिशा विकको हत्याको विरोधमा अछाममा विरोध प्रर्दशन

अछाम । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको बिरोध गर्दै अछामको कमलबजारमा आज विरोध प्रर्दशन भएको छ ।

कमलबजार दलित एकता समाजको आयोजनामा विरोध प्रर्दशन भएको हो । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवायुवतीहरु, जनप्रतिनिधी तथा दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन् । उनीहरुले, हत्यारा लाई कारबाही गर, सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’ लगायतका व्यानर बोकेर प्रदर्शन गरेका छन् ।

बजार परिक्रमा गरि ईलाका प्रहरी कार्यालय अगाडी भएको कोणसभा कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य प्रनाथ विश्वकर्मा, कमलबजार नगरपालिकाका उपप्रमुख शारदा विष्ट कुँवर, दलित एकता समाजका अध्यक्ष मिलन नेपाली लगायतले सम्बोधन गर्नुभएको थियो ।

विरोध कार्यक्रममा बोले अधिकांशले इनिशाको हत्यारालाई तत्काल कारवाही गर्न माग गरेका थिए । साथै कार्यक्रममा सहभागीले यस्ता प्रकृताका घटनाका दोषीलाई कानुन संसोधन गरेर भए पनि कडा सजाएको व्यवस्था गरिनुपर्नमा जोड दिएका थिऐ । पीडितलाई न्याय दिलाउने आवाज उठाउन तथा मृत आत्माको शान्तिको कामना गर्दै उनीहरुले निष्पक्ष छानविनको माग गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा पनि इनिशाको न्यायको माग गर्दै आवाज उठ्न थालेको छ ।

गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

शरीरभरि निलडाम र रगताम्य अवस्थामा फेला परेकी विकलाई अस्पताल पुर्याउने वितिकै डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले उनको बलात्कारपछि हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button