भेडेटार–नाम्जे सडक पहिरोका कारण बन्द

धनकुटा । लगातार सुक्खा पहिरो खस्दा भेडेटार–नाम्जे सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भेडेटार–रविराँके सडक अन्तर्गत पर्ने सो खण्डमा सामान्य वर्षापछि पहिरो जान थालेपछि गए रातिदेखि यातायात सञ्चालन अवरुद्ध भएको हो ।
भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार माथिबाट निरन्तर ढुङ्गा र माटो खसिरहेकाले पहिरो तत्काल हटाउन समस्या भइरहेको छ ।
पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सफाइको काम सुरु गर्ने तयारी गरिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्