तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा (दार्चुला) I दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । 

भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकाेमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button