निर्वाचन सम्पन्नपछि स्याङ्जामा निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाई
स्याङ्जा । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूको बिदाई कार्यक्रम गरिएको छ ।

निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) बमोजिम भर्ना भई जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत कार्यालयहरूमा परिचालित निर्वाचन प्रहरीहरूलाई निर्वाचन सम्पन्न भएपछि फागुन २८ गते औपचारिक रूपमा बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा उपस्थित निर्वाचन प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले निर्वाचन सफल बनाउन उल्लेखनीय योगदान दिएको भन्दै धन्यवाद व्यक्त गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
यसैगरी प्रहरीका अन्य इकाईहरू वालिङ, चापाकोट तथा मग्याम चिसापानीमा समेत खटिएका निर्वाचन प्रहरीहरूलाई औपचारिक रूपमा बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्