आइसिसीद्वारा टी–२० विश्वकपको वितरित पुरस्कार रकम सार्वजनिक
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टी–२० विश्वकपको पुरस्कार रकम वितरण सार्वजनिक गरेको छ ।

प्रतियोगिताको कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर ‘प्लेअर्स प्राइज मनी’ मध्ये नेपालले २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेको छ । हालको विनिमय दर अनुसार उक्त रकम करिब ३ करोड ७७ लाख रुपैयाँ बराबर हुन्छ ।
आइसिसीले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर पाएको छ । दोस्रो स्थानमा रहेको न्युजिल्याण्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर प्राप्त गर्दा दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ अमेरिकी डलर पाएको छ ।
आइसिसीका अनुसार सन् २०२४ मा गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुर्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्