तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका स्थापना दिवसमा रेडियो नेपालकर्मी पुरस्कृत

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले दशौँ वार्षिकोत्सवको अवसरमा बुधबार पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । 

गाउँपालिकाको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रेडियो नेपाल धनकुटा संवाददाता ईश्वर थापासहित अन्य व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो । गएको वर्षको अवधिमा गाउँपालिकाको प्रचारमा समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई नगद २५ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो । 

स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई गरेको छ । पालिकाले सेवा निवृत्त शिक्षकसँगै एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले उत्कृष्ट कर्मचारी, पालिकामा सबैभन्दा बढी विद्यार्थीलाई एसइई उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक र गत वर्षको एसइई परीक्षामा विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको हो । 

धनकुटाको साँगुरीगढी गाउँपालिकाले दशौँ स्थापना दिवस मनाएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उपाध्यक्ष मुना राई लगायतले सम्मान गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि तामाङले स्वास्थ्य, शिक्षा, विकास निर्माण र कृषि क्षेत्रलाई अगाडि बढाउन गाउँपालिकामा पर्याप्त काम भइरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा लगानी बढाउन सके अर्थोपार्जनमा टेवा पुग्ने बताउनुभयो । साँगुरीगढी पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसतर्फ पनि ध्यान दिनुपर्नेमा उहाँको भनाइ थियो ।

‘कृषि पर्यटन र पूर्वाधार, साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ बुधबार गाउँपालिकाले स्थापना दिवस मनाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button