बैतडीका दुर्गम गाउँमा सांसद भण्डारीको घरदैलो यात्रा

बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हरिमोहन भण्डारी अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भण्डारी जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरिरहनुभएको छ।

निर्वाचनअघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरेको र अहिले जनतालाई धन्यवाद दिनुका साथै उनीहरूको समस्या बुझ्न फेरि गाउँ–गाउँ पुगेको भण्डारीले बताउनुभएको छ। ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर ती समस्या समाधानका लागि पहल गर्ने उहाँको भनाइ छ।
आफू सम्पूर्ण जिल्लावासीको अभिभावक भएको उल्लेख गर्दै भण्डारीले जस्तोसुकै समस्या पर्दा आफूलाई सम्झन स्थानीय वासीलाई आग्रह गर्नुभएको छ।

जिल्लामा पूर्वाधार, विद्युत्, शिक्षा, स्वास्थ्य लगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रको विकासमा आफू प्रतिबद्ध रहेको भण्डारीले बताउनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्