जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते
वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–५ महुवनस्थित गण्डक नहर नजिकै जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा कारका चालकको मृत्यु भएको छ भने कारमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँमा जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति १० बजेतिर गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा चालक र अर्का एक व्यक्ति गम्भीर घाइते भएकोमा बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्