बैतडीमा प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत
बैतडी। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ ।
प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी हुनुभएको थियो ।
यस्तै नेकपा एमालेले १६ हजार ४९ मत ल्याएको छ । एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षको भन्दा कम मत ल्याएको छ । प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याउनुभएकाे थियाे ।
समानुपातिकतर्फ नेपाली काँग्रेस तेस्रो भएको छ । १५ हजार ९ सय ७ मत ल्याएको छ । प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवार चतुर बहादुर चन्दले १८ हजार १९४ मत ल्याउनुभएकाे थियाे ।
समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६ हजार ३३५ मत ल्याएको छ । नेकपाले पनि प्रत्यक्षको भन्दा समानुपातिकतर्फ कम मत ल्याएको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याउनुभएकाे थियाे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ । राप्रपाले प्रत्यक्षको भन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत ल्याउनुभएकाे थियाे ।
बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन् । समानुपातिकतर्फ ६८ हजार १८२ मत सदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्