तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा एमालेका कार्की निर्वाचित

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अर्जुनकुमार कार्की विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपटक एक लाख १९ हजार ६३० मतदाता रहेकामा ६३ हजार ६३४ मत खसेको थियो ।

बिहीबार भएको निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button