तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी हुनुभएको छ । 

भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गर्नुभयो । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बेल्वासेले बताउनुभयो । नेकपा ९एमाले० का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गर्नुभयो । 

कूल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button