तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा एकको प्रत्यक्ष तर्फको मतपरिणाम सर्वोच्चबाट आदेश भएपछि मात्र घोषणा हुने

काठमाडौँ । निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर एक को प्रत्यक्ष तर्फको मतपरिणाम घोषणा नगर्न नगराउन प्रदेश निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेको छ ।

यहीँ फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धनुषा जिल्ला क्षेत्र नम्बर एक बाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका किशोरी साह कमलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट आदेश नहुँदासम्म मतपरिणाम घोषणा नगर्ने आयोगले निर्णय गरेकोले सोही बमोजिम गर्न प्रदेश निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरिएको आयोगले आज विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button