रौतहट–३ मा रास्वपाका रबिन्द्र पटेल दोब्बर मतान्तरसहित विजयी

रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रबिन्द्र पटेल (धिरज) विजयी हुनुभएको छ ।
अन्तिम मतपरिणामअनुसार पटेलले २७ हजार ३ सय १८ मत प्राप्त गर्दै दोब्बरभन्दा बढी मतान्तरसहित विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा०का गोविन्द चौधरीले १२ हजार ९ सय ५४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ ।
पटेलले चौधरीलाई १५ हजार ३ सय ६४ मतको भारी मतान्तरले पराजित गर्नुभएको हो ।
यसैगरी लगातार पाँच पटक निर्वाचन जितिसक्नुभएका आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ९ हजार ८ सय ९० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार कुन्दन कुश्वाहले ६ हजार ६ सय ९५ मत प्राप्त गर्दै चौथो स्थान हासिल गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामकृपाल यादवले ६ हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार पुनम यादवले ३ हजार ८ सय ८१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्