तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर–१ बाट रास्वपाका प्रकाश गौतम विजयी

मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम विजयी हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३६ हजार ०३३ मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ०३८ मत, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम १० हजार ७८८ मत मात्र प्राप्त गर्नुभएको छ ।

यसैबीच, प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि उहाँले जनताले दिएको विश्वासलाई सम्मान गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामीले जनतासँग गरेको वाचापत्र अनुसार अगाडि बढ्ने साथै,

“जनताले विश्वास गरेर जिताएका छन्, अब त्यही अनुसार इमान्दार भएर काम गर्नुपर्छ,” उहाँले भन्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button