ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेस का उम्मेदवार कुमार लुइँटेल लाई ५ मतले पराजित गरेका हुन्।
पोखरेलले १३ हजार ९ सय ५३ मत प्राप्त गर्दा लुइँटेलले १३ हजार ९ सय ४८ मत पाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अम्बिरबाबु गुरुङ ले ११ हजार २ सय ९६ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टी एमाले की उम्मेदवार अस्मिता थापा १० हजार ७ सय २० मतसहित चौथो स्थानमा रहेकी छन्।
श्रम संस्कृति पार्टी का उम्मेदवार डा। उद्धव राई ले ३ हजार ८ सय ५८ मत प्राप्त गरेका छन्।
१५ जना उम्मेदवारमध्ये पाँच जना बाहेक अन्यले भने हजार मतसमेत कटाउन सकेनन्।
उज्यालो नेपाल पार्टी का उम्मेदवार किशोरी कार्की ले ९ सय ६५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का डिकप्रसाल बास्तोला ले १ सय ७८ मत पाएका छन्।
१ लाख २२ हजार ७ सय १५ मतदाता रहेको ओखलढुङ्गामा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५९ हजार ७९ मत खसेको थियो। त्यसमध्ये ३ हजार ३ सय ५६ मत बदर भएको छ।
यसअघि २०६४ सालमा तत्कालीन माओवादी तथा २०७० यता कांग्रेस र एमालेले पालैपालो जित्दै आएको ओखलढुङ्गामा यसपटक रास्वपाले जित निकाल्न सफल भएको हो।
देशभर देखिएको रास्वपाको लहर, काँग्रेसले पुराना नेताभन्दा नयाँ उम्मेदवारलाई टिकट दिएको अवस्था तथा कम्युनिस्ट दलभित्र देखिएको असन्तुष्टिका कारण पुराना दलको गढ मानिएको क्षेत्रमा नयाँ दललाई जित निकाल्न सहज भएको विश्लेषण गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्