तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर–२ मा रास्वपाका उप्रेती विजयी

हेटौँडा (मकवानपुर)। प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३० हजार ०५० मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार महेशकुमार बर्तौलाले १९ हजार ६२४ मत, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४२६ मत, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ७५४ मतमात्र प्राप्त गर्नुभएको छ ।

मनहरी गाउँपालिका–७ निवासी २५ वर्षीय उप्रेती पेसाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुनुहुन्छ । मकवानपुरको दुई क्षेत्रमा कुल ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर–२ मा दलीय र स्वतन्त्र गरी कुल २१ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button