तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको ४ रास्वपाका टेक बहादुर शाक्य विजयी

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेक बहादुर शाक्य विजयी हुनु भएको छ । 

पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार शाक्यले २८ हजार ६ सय ६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । 

शाक्यले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो । रिजालले  १२ हजार ४३५ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचनमा नेकपा (एमाले) का जालिम मियाँ मन्सुरीले  १२ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ ।  त्यसैगरी चौथो स्थानमा रहनु भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका डा। कृपासिन्धु चौधरीले ४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button