तपाईँ सुन्दै हुनुहुन्छः

झापा ४ मा रास्वपाका ढकाल निर्वाचित

झापा । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ ।

सो क्षेत्रमा ढकालले नेकपा एमालेका लालप्रसाद साँवालाई २३ हजार ५४८ मतले पराजित गर्नुभएको हो ।

मतगणनाको अन्तिम परिणाम अनुसार ढकालले ३२ हजार ७३० मत प्राप्त गर्दा साँवाले ९१८२ मत मात्र प्राप्त गर्नुभएको छ ।

श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ६ हजार २९१ र नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबेले ५ हजार ६५१ मत प्राप्त गर्नुभएको छ । 

१ लाख ३० हजार ७१७ मतदाता रहेको झापा ४ मा ८३ हजार ४६६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय झापा ४ ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button