सुर्खेत–१, मा नेपाली काँग्रेसका विष्णुबहादुर खड्का विजयी
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १, बाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले २६ हजार ८ सय ९७ मत पाएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८ सय ९० मत प्राप्त गर्नुभयो । खड्काले एमालेका शाहीलाई ८ हजार ७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत पाएर तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै नेपाली कम्युनिष्ट पार्टीका जितबहादुर रानाले २ हजार ८ सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँले १३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नुभएको थियो । विजयी खड्का नेपाली काँग्रेस सुर्खेत उपसभापति समेत हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्