बागलुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्का विजयी
बागलुङ । बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का
२० हजार ९ सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भिम बहादुर श्रीष रानाले ११ हजार ९ सय ४० मत प्राप्त गर्नुभयो ।
यस्तै नेकपा एमालेका हिरा बहादुर खत्रीले ८ हजार ६ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्यले ५ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्