भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खत्री विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री ४२ हजार ३ सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले महेश बस्नेतले १० हजार ९ सय ९६ मत प्राप्त गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४ सय १, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले ३ हजार ७ सय ५३, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १ हजार ३ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्