मोरङ ५ मा रास्वपाको अग्रता कायमै

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नं ५ को मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशा कुमारी झाले २१ हजार ५ सय ४८ मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ।
निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसका फुलकुमार लालवानीले ८ हजार १ सय २५ मत प्राप्त गरी झालाई पच्छ्याई रहनुभएको छ ।
त्यस्तै नेकपाका शिवकुमार मण्डलले ७ हजार १ सय ७४ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।
निर्वाचन क्षेत्रमा कुल एक लाख १० हजार १७७ मतदाता रहेकोमा ७८ हजार ५ सय २९ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा २२ जना प्रत्याशी हुनुहुन्छ ।
आज अपराह्नसम्म अन्तिम मत परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्