तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसका सहमहामन्त्री जबरालाई हराउँदै रास्वपाका बुद्धरत्न महर्जन विजयी

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी हुनुभएकाे छ। उहाँले नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्नुभएकाे हाे।

महर्जनले २३ हजार ३७३ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका निकटतम प्रतिस्पर्धी जबराले १३ हजार ५२० मत ल्याउनुभएकाे ।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल तेस्रो स्थानमा रहेका छन्। उहाँले ६ हजार ५४६ मत प्राप्त गर्नुभयाे। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १ हजार ९६४ मत प्राप्त गर्नुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button