उदयपुर-२ मा एमालेको अग्रता
उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र न-२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझीले अग्रता कायम गर्नु भएको छ।
अहिले सम्म गणना भएको ७ हजार २१६ मतमा एमालेका उम्मेदवारले १६ सय ४२ मत सहित अग्रस्थान कायम गर्नुभएको हो ।
पछिल्लो मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले १४ सय २८ मत प्राप्त गर्नुभएको छ । उहाँले सुरुवाती चरणमा अग्रता कायम गर्नु भएको थियो तर अहिले उहाँलाई पछि पार्दै एमालेका उम्मेदवारले अग्रता कायम गर्नुभएको हो ।
रास्वपाका सूर्यबहादुर तामाङले १३ सय ७३ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार सुरेश राइले ९२० मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी नेपाली कांग्रेसका रामकुमार राईले ८७१ मत प्राप्त गर्नुभएको छ।







प्रतिक्रिया राख्नुहोस्