सल्यानमा नेकपाका मल्लको अग्रता
कर्णाली I प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेश मल्लले अग्रता लिनुभएको छ ।
मल्लले १३ हजार ७३४ मत गणना गर्दा छ हजार ५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसको केशबहादुर विष्टले दुई हजार ३९१, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले दुई हजार २११ र नेकपा (एमाले)का गुलाबजंग शाहले एक हजार ६३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले जानकारी दिनुभयो ।
सल्यानमा १४ दल र दुई स्वतन्त्र गरी १६ प्रत्याशीहरू छन् । एक लाख ६४ हजार ६४८ मतदाता रहेकामा ८४ हजार २०१ मत खसेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्