सुनसरीका चारै क्षेत्रमा रास्वपाको अग्रता
सुनसरी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

सुनसरीको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार आज राति १० बजेसम्म निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार गोमा तामाङ दुई हजार १६२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । तामाङलाई श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले ८१६ मत ल्याएर पछ्याई रहनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ४४१ मत ल्याउनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाकै लालविक्रम थापाले ४ हजार २३ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । सो क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले २ हजार १७० मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा रास्वपाकै उम्मेदवार अशोककुमार चौधरीले ८ हजार ९९८ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले चार हजार २९५ मत ल्याएर पछ्याई रहनुभएको छ ।
सुनसरीको क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार दीपककुमार साहले ८८२ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ५१७ मत ल्याइ पछ्याइ रहनुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार महमद महफुस अंसारीले ३९५ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्