भक्तपुरका दुइटै क्षेत्रमा रास्वपाको फराकिलो मतान्तरले अग्रता कायमै
भक्तपुर। भक्तपुरको क्षेत्र न-१ र २ गरी दुइटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।
पछिल्लो मतगणनाअनुसार २९ हजार ६०० मत गणना गर्दा भक्तपुर क्षेत्र न-१ को मतगणनामा रास्वपाका रुकेश रन्जितले १६ हजार ०३५ मतसहित अग्रता कायमै राख्नुभएको छ भने नेमकिपाका प्रेम सुवालले ११ हजार १५० मतले पछ्याउनुभएको छ ।
नेपाली कांग्रेसका किरण न्यौपानेले दुई हजार ४१५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, भक्तपुर क्षेत्र न-२ मा २३ हजार ३३१ मत गन्दा रास्वपाका राजीव खत्रीले १५ हजार २६१ मतले अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले ४ हजार २६९ मत प्राप्त गरी पछ्याउनुभएको छ ।
नेपाली कांग्रेसका कविर राणाले ३,८०१ मत प्राप्त गर्नुभएको छ ।
भक्तपुर क्षेत्र न-१ मा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र न-२ मा ७२ हजार ७६१ मत खसेको थियो ।
मतगणना जारी रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्