काठमाडौँ क्षेत्र नं ८ बाट रास्वपाका श्रेष्ठ विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी हुनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ८ को अन्तिम मतपरिणाम अनुसार रास्वपाका श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस्तै उहाँको निकटतम प्रतिद्धन्द्धीमा नेकपाका सुमन सायमीले ३ हजार २ सय १७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सपना राजभण्डारीले २ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्