रौतहट–१ मा राजेश चौधरीको अग्रता
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट जिल्ला क्षेत्र नम्बर १ मा जारी मतगणनामा राजेश चौधरीले उल्लेख्य अग्रता कायम राख्नुभएको छ।
मतगणनाको पछिल्लो परिणामअनुसार चौधरीले चार हजार ६ सय ५२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ। उहाँलाई अजय कुमार गुप्ताले दुई हजार एक सय १३ मतसहित पछ्याइरहनुभएको छ।
त्यस्तै अनिल कुमार झा एक हजार आठ सय २७ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। योगेन्द्र राय यादवले एक हजार पाँच सय २५ मत प्राप्त गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका माधव कुमार नेपाल भने एक हजार चार सय ९० मतसहित पाँचौँ स्थानमा रहनुभएको छ।
मतगणना जारी रहेकाले आगामी परिणाममा थप उतारचढाव हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्