बैतडीमा रास्वपाको सुरुवाती अग्रता, काङ्ग्रेस पछ्याउँदै
बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ । ५२८ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले १७६ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दले १६७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ९७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले ३९ मत ल्याएका छन् ।
यहाँ दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको थियो । बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्