उदयपुर १ मा रास्वपाको अग्रता कायमै
उदयपुर । उदयपुरको क्षेत्र नं. १ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले निरन्तर अग्रता कायम गर्नुभएको छ ।
पछिल्लो ६ हजार ५४० मत गणना गर्दा रास्वपाका उम्मेदवार पारसमणि गेलालले २ हजार १ सय १२ मत सहित अग्रस्थान कायम गर्नुभएको छ ।
उदयपुर १ मा मतगणना सुरु हुँदैदेखि नै रास्वपाका उम्मेदवार गेलालले अग्रता कायम गर्नुभएको हो ।
पछिल्लो समय उदयपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार राजेश कुमार राईले रास्वापालाई पछ्याउन थाल्नुभएको छ । माटोका राजेश कुमार राईले १ हजार ५९ मत ल्याउनुभएको छ । त्यस्तै एमालेका उम्मेदवार दुर्गा कुमार थापाले ९६४ मत प्राप्त गर्नु भएको छ ।
नेकपाका उम्मेदवार बलदेव चौधरीले ९१५ मत ल्याउँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ६९९ मत प्राप्त गर्नु भएको छ । बदर मत ५१२ रहेको छ ।
उदयपुर क्षेत्र नं. २ मा पनि मत गणना सुरु गरिएको छ । मत परिणाम केही समय पछि सार्वजनिक गरिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्