तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ क्षेत्र नं ४ रास्वपाको अग्रता कायमै 

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बलम ९ हजार ८ सय २२ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । 

त्यसैगरी, नेपाली काँग्रेसका सचिन तिमल्सेनाले २ हजार ७ सय ४४ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका डा. राजन भट्टराईले २ हजार ३ सय २७ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका इन्द्रकुमार भुषालले २ सय ५४  राष्ट्रिय प्रजातन्त्र पार्टीका सरेन्द्रराज भण्डारीले ५ सय २६ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका बरुण अमात्यले ४ सय ३३ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button