तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै
तेह्रथुम । पछिल्लो मत गणना परिणाम अनुसार तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् । ढकालले ३ हजार ५ सय १७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ३ हजार ४ सय २२ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याई रहनुभएको। ढकाल सुब्बाभन्दा ९५ मत अन्तरले अगाडी हुनुहन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १ हजार ५ सय ३० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ६६ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्