बैतडीमा मतगणना सुरु

बैतडी । बैतडीमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणनाको कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो ।
जिल्लामा ७३ हजार बढी मत खसेको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानमा निर्धारित समयभित्र ७३ हजार १४८ मत खसेको हो ।
यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए । जसको ४६ दशमलव ७८ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्